पोखरामा ब्राउन सुगरसहित ३ जना पक्राउ

पाेखरा | माघ २९, २०८२

पोखरामा ब्राउन सुगरसहित ३ जना पक्राउ

पोखरा:    कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजाग्रिती टोल बस्ने ४४ वर्षीय विश्वास गुरुङ र  म्याग्दी मालिका गाउँपालिका ६ स्थायी घरभई हाल पोखरा ३१ मोहरिया बस्ने ४१ वर्षीय गंगा पुर्जा रहेका छन् ।

 

पोखरा ११ जनजागृती टोलमा लागुऔषध ब्राउनसुगर (खैरो हिरोईन) को कारोबार भइरहेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गत २६ गते पक्राउ गरेको हो ।

 

उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हिरोईन) २४.१५ ग्राम, डिजिटल तराजु १ थान,  र नगद १ लाख ४२ हजार तथा विभिन्न कम्पनीका मोवाईल ४ थान बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए । 

 

उनका अनुसार कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।


    
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्